Logo

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, भोलिदेखि देशभर पीडीओ नलिने र लोड नगर्ने निर्णय

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, भोलिदेखि देशभर पीडीओ नलिने र लोड नगर्ने निर्णय



काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । भाडा समायोजनको माग राख्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भोलि अर्थात साउन १६ गतेदेखि आन्दोलनको घोषणा गरेको हो ।

बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नहुँदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् ।

एक विज्ञप्ति जारी गर्दै महासंघले साउन ६ गते बसेको महासंघको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो। तर, आजसम्म माग पूरा नभएपछि सोमबारदेखि हवाइ इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने जनाएको छ ।

महासंघले २० गतेबाट देशभर पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड नगर्ने साउन २१ गतेबाट सबै ट्यांकर लोड र अनलोड नगर्ने निणर्य गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL