Logo

डलरको मूल्य उकालो लाग्दाका परिणाम : व्यक्तिदेखि मुलुकसम्मलाई पर्छ असर, कसलाई फाइदा हुन्छ ?

डलरको मूल्य उकालो लाग्दाका परिणाम : व्यक्तिदेखि मुलुकसम्मलाई पर्छ असर, कसलाई फाइदा हुन्छ ?



काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको तुलनामा प्राय सबै देशका मुद्राहरु अवमूल्यन भइरहेका छन् । नेपालको कुरा गर्दा नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ६६ पैसा र बिक्री दर १२८ रुपैयाँ २६ पैसा तोकेको छ ।

यस्तै छिमेकी भारतको कुरा गर्दा केही सातादेखि लगातार ओरालो लाग्दै आएको भारतीय रुपैयाँ आज डलरको तुलनामा ८० रुपैयाँको स्तरमा पुगेको छ । भारतीय रुपैयाको भाउ यति तल ओर्लिएको यो पहिलो पटक हो । यो वर्षको मात्रै कुरा गर्ने हो भने मंगलबारसम्म भारतीय रुपैयाँको भाउ झण्डै ७ प्रतिशतले घटेको छ । नेपाल र भारतमा डलरको मूल्य बढ्दै जाँदा नेपाली अर्थतन्त्र र आम मानिसमा पनि गम्भीर असर पर्ने गर्छ

आम मानिसमा कस्तो असर पर्ला ?

रुपैयाँको अवमूल्यनले सर्वसाधारणलाई प्रत्यक्ष असर पार्नेछ । विदेशबाट ल्याइएका सबै सामान सर्वसाधारणका लागि महँगो हुनेछन् । यसको सबैभन्दा ठूलो असर पेट्रोल र डिजेलमा देखिनेछ । किनभने तेल आयातको भुक्तानी डलरमा गर्नुपर्छ । भारतले आफ्नो आवश्यकताको ८० प्रतिशतभन्दा बढी कच्चा तेल आयात गर्छ । भर्खरै कच्चा तेल प्रति ब्यारेल १०० डलरको नजिक पुगेका कारण पेट्रोल र डिजेल सस्तो हुनसक्ने बताइए पनि रुपैयाँको भाउ घटेपछि राहतको आशा टुट्ने देखिएको छ । यसबाहेक विदेशबाट आयात हुने खाद्य तेल महँगो हुनसक्छ । सुनको भाउ फेरि एकपटक उकालो लाग्न सक्छ ।

आयातकर्तालाई घाटा, निर्यातकर्ता लाभान्वित

रुपैयाँको अवमूल्यनले सबैभन्दा बढी असर आयातकर्ता र निकासीकर्तामा पर्नेछ । डलरमा मूल्य तिर्नु पर्ने भएकाले रुपैयाँको भाउ घट्दा आयात महँगो हुनेछ । यस्तो अवस्थामा जहाँ पहिले १ डलरको १२० रुपैयाँ तिर्नुपर्ने थियो, अहिले १२८ रुपैयाँ तिर्नुपर्नेछ ।

विपरित रुपैया घट्दा निर्यातकर्तालाई फाइदा हुन्छ, किनकी हामीलाई डलरमा भुक्तानी गरिन्छ र अहिले रुपैयाँको तुलनामा डलरको भाउ बढेको छ । तर, कतिपय निर्यातकर्ता उच्च मुद्रास्फीतिका कारण लागतको भारमा परेका छन् र रुपैयाँको अवमूल्यनबाट खासै फाइदा लिन सकेका छैनन् । उदाहरणका लागि कच्चा पदार्थ आयात गरेर चलिरहेका उद्योगहरुहरूको उत्पादन लागत बढ्छ । यसले उनीहरूको मार्जिनलाई असर गर्छ ।

विदेश जाने विद्यार्थीलाई समस्या

डलरको मूल्यवृद्धिले नेपाली विद्यार्थीहरूलाई बिदेशी विश्वविद्यालयहरूमा पढ्ने सपना पूरा गर्न दिनप्रतिदिन गाह्रो हुँदै गइरहेको छ । किनभने अब उनीहरूले विदेशी विश्वविद्यालयहरूमा पढ्न अब थप पैसा खर्च गर्नुपर्नेछ ।

विदेशबाट रेमिट्यान्स प्राप्त गर्नेहरूले लाभ उठाउनेछन्

डलर बलियो भएकोे अवस्थामा विदेशमा पैसा कमाएर नेपालमा आफ्नो परिवारलाई पठाउनेहरुलाई फाइदा पुग्छ । त्यस्ता व्यक्तिहरूले रुपैयाँको अवमूल्यनको फाइदा पाउँछन् । यदि तपाईको विदेशबाट पैसा आउँदैछ भने अब पहिले तुलनामा डलरको मूल्य बढी भएकाले धेरै रुपैयाँ प्राप्त हुनेछ ।

शेयर बजारमा नराम्रो असर

रुपैयाँको अवमूल्यनले सेयर बजारमा निकै नराम्रो असर पारेको छ । वास्तवमा, यूएस फेडरल रिजर्भले यो महिनाको अन्त्यमा एक पटक फेरि दर बढाउन सक्छ । यसैबीच अमेरिकामा मन्दीको डरले डलरको माग पनि बढिरहेको छ । यस्तो अवस्थामा कतिपय लगानीकर्ताहरू सुरक्षित लगानीका लागि डलरतर्फ आकर्षित भइरहेका छन् ।

समग्र अर्थतन्त्र प्रभावित हुनेछ, विदेशी मुद्रा सञ्चिति घट्नेछ

रुपैयाको अवमूल्यनले मुलुकको समग्र अर्थतन्त्रमा असर पारेको छ । सबैभन्दा नराम्रो असर भनेको विदेशी मुद्रा सञ्चिति द्रुत गतिमा घट्न थाल्नु हो, किनकि डलरको मूल्य बढ्दा पहिलेभन्दा धेरै डलर खर्च भएको छ । यही कारणले गर्दा विदेशी मुद्रा सञ्चिति निश्चित सीमाभन्दा बढी घटेपछि मुलुकले घाटा कम गर्न भन्दै विभिन्न वस्ुतमा आयातमा प्रतिबन्ध लगाइरहेको छ । आयातित अत्यावश्यक वस्तुको मूल्यवृद्धिले मुद्रास्फीतिमा प्रत्यक्ष असर परेको छ, जसको मार अहिले विश्वभर परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL