Logo

एसियन शारिरिक सुगठन प्रतियोगितामा नेपाली टिमका राई तृतिय, राजेशबाबु श्रेष्ठलाई ‘डिस्टिङगुइस्ड अवार्ड’

एसियन शारिरिक सुगठन प्रतियोगितामा नेपाली टिमका राई तृतिय, राजेशबाबु श्रेष्ठलाई ‘डिस्टिङगुइस्ड अवार्ड’



काठमाडौं । ५४औ एसियन शारिरिक सुगठन प्रतियोगितामा शारीरिक सुगठन विधाअन्तर्गत फिट्नेस फिजिकका नेपाली टिमका प्रतिस्पर्धी राजु राईले आफ्नो १७० सेमीहाइटभन्दा कम समूहमा तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

२४ राष्ट्र सहभागी उक्त प्रतियोगितामा भाग लिन नेशासुसंघका उपाध्यक्ष दिनेश राजभण्डारीको ब्यास्थापानमा अन्य दुई जना खेलाडी सुजिता मानन्धर र उमेश राई पनि साथमा प्रतियोगितामा भाग लिन गएका छन् । सुजिता मानन्धरको भोलि २ गते तथा उमेश राईको ४ गते प्रतिस्पर्धा हुँदै छ ।

उक्त प्रतियोगितामा नेपालका डब्लुबिपिएफ अन्तर्राष्ट्रिय निर्णायक विजयलाल कायस्थ, नानीकाजी डंगोल र लक्ष्मण भट्ट्ले निर्णायकको भूमिका निभाउँदै छन् । स्मरण रहोस् नेपालले २०२३ मा ५५औ एसियान शारिरिक सुगठन प्रतियोगिता नेपालमा आयोजना गर्दैछ ।

आइतबारको कार्यक्रममा नेपाल शारिरिक सुगठन तथा फिट्नेस सघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई अन्तराष्ट्रिय क्षेत्रमा शारिरिक सुगठन खेलको बिकासमा ठोस् योगदान पुर्याएबापत ‘डिस्टिङगुइस्ड अवार्ड’ ले समेत सम्मान गरिएको थियो । नेपाली टोली श्रावन ५ गते नेपाल फर्कने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL