Logo

नेपालका अर्थमन्त्रीले राजीनामा नदिने अडान लिइरहदा बेलायतका अर्थमन्त्रीले दिए राजीनामा, प्रधानमन्त्रीले माफी मागेपनि लिए पदमा नबस्ने अडान

नेपालका अर्थमन्त्रीले राजीनामा नदिने अडान लिइरहदा बेलायतका अर्थमन्त्रीले दिए राजीनामा, प्रधानमन्त्रीले माफी मागेपनि लिए पदमा नबस्ने अडान



काठमाडौं । पछिल्ला केहीदिनयता नेपालका अर्थमन्त्री जर्नादन शर्माको राजनीनामा माग चर्किरहेको छ । बजेट निर्माण प्रक्रियामा गैराकानूनी गतिविधि गरेको आरेप लगोका अर्थमन्त्री शर्माको राजीनामाको माग संसददेखि सडकसम्म उठेको छ ।

गम्भीर आरोप लागेका अर्थमन्त्री शर्माले भने कुनै पनि हालतमा राजीनामा नदिने अडान व्यक्त गरिरहेका छन् भने प्रधानमन्त्री शेरबहादुर देउबा पनि उनलाई तत्काल हटाउने पक्षमा रहेको देखिदैन । यस्तोमा अहिले नेपालका मन्त्रीहरुमा नैतिकता नभएको भन्ने धारणा सामाजिक सञ्जालमा पनि देखिन्छ ।

तर, प्रजातन्त्रको जननी भपनिएको बेलायतमा भने अवस्था निकै फरक छ । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले प्रधानमन्त्री बोरिस जोन्सनले गरेको नियुक्तिमा चित्त नबुझेको भन्दै राजीनामा नै दिएका छन् । अहिले यी दुई मन्त्रीको राजीनामापछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा दिएका हुन् ।

आफ्नो सरकारमा यौन दुर्व्यबहारको आरोपको सामना गरेका टोरी सांसद नियुक्त गरेकोमा प्रधानमन्त्री जोनसनले माफी मागिरहेका बेला सुनक र जाविदको राजीनामा आएको हो ।

सुनकले आफ्नो राजीनामा पत्रमा ‘सरकार छाड्दा दुखी’ भएको तर सरकारलाई साथ दिन नसक्ने निस्कर्षमा पुगेको बताएका छन् । सुनकले राजीनामा पत्रमा भनेका छन्, ‘सरकारलाई सही, सक्षम र गम्भीरताका साथ सञ्चालन गर्ने जनताको अपेक्षा छ । ’ जनताले ‘सरकार सही, दक्ष र गम्भीरताका साथ सञ्चालन हुने’ उनले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL