Logo

बाराको सेजलाई मिनि हरिद्घार बनाउने रामदेवको इच्छा, सेजमा उद्योग स्थापनाको प्रस्ताव

बाराको सेजलाई मिनि हरिद्घार बनाउने रामदेवको इच्छा, सेजमा उद्योग स्थापनाको प्रस्ताव


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता

२४ मंसिर, काठमाडौं । भारतका बाबा रामदेवले बाराको सिमरामा निर्माणधिन विशेष आर्थिक क्षेत्र (सेज) मिनि हरिद्घारकोरुपमा विकास गर्न चाहेको इच्छा व्यक्ति गरेका छन् । भारत भ्रमणमा गएका उद्योग मन्त्री महेस वस्नेतसँगको भेट तथा छलफलमा उनले यस्तो इच्छा व्यक्त गरेका हुन् । हालै भएको छलफलका क्रममा बाबा रामदेवले बारामा पतञ्जली योगपिठका उद्योगहरु स्थापना गर्ने इच्छा व्यक्त गरेको उद्योग मन्त्रीका प्रेस संयोजक अजय शर्माले जानकारी दिए ।

हरिद्घारमा भएको भेटका अवसरमा योगपिठका तर्फबाट आचार्य बालकृष्णले बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न इच्छुक रहेको बताएका थिए । जवाफमा मन्त्री वस्नेतले प्रक्रिया पु¥याएर आए उद्योग स्थापनाका लागि अनुमति दिने बताएको उनले जानकारी दिए । मन्त्री वस्नेत दुई दिने भारत भ्रमण गरी बुधवार नेपाल फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL