Logo

बीसीजी खोप कोरोना रोकथाममा प्रभावकारी प्रमाणित, बीसीजी लगाएका देशमा संक्रमण १० गुणा कम

बीसीजी खोप कोरोना रोकथाममा प्रभावकारी प्रमाणित, बीसीजी लगाएका देशमा संक्रमण १० गुणा कम



काठमाडौं । क्षयरोग र श्वासप्रश्वाससम्बन्धी रोगबाट बच्न प्रयोग गरिने बीसीजी खोप पनि कोरोना रोकथाममा प्रभावकारी प्रमाणित भएको छ ।

एम्सको अनुसन्धानका अनुसार क्षयरोग बढी हुने देशमा अन्य देशको तुलनामा त्यहाँ प्रयोग गरिएको बीसीजी भ्याक्सिनबाट कोरोनाका केसहरू १० गुणा कम देखिएका छन्। एम्सका डाक्टर तरुण कृष्ण बोपन्ना अनुसन्धानका प्रमुख रहेका थिए भने एम्सका निर्देशक डाक्टर रणदीप गुलेरिया उनीसँगै अनुसन्धानमा संलग्न थिए ।

अनुसन्धानले विश्व स्वास्थ्य संगठनसँग आबद्ध १६८ देशका क्षयरोग रजिस्ट्रीहरू र बीसीजी खोपको तथ्यांकलाई हेरेको थियो । एम्सको पल्मोनरी विभागका डाक्टर सौरभ मित्तलले अनुसन्धानमा क्षयरोगका बढी बिरामी रहेका र बीसीजी बढी जनसंख्याले लगाएको ६८ वटा देशको तथ्यांक अध्ययन गरिएको बताए ।

यी देशहरूमा प्रति लाख ८०३ जनामा ​​कोरोना संक्रमण देखिएको छ । यस्तै अनुसन्धानमा ३७ देश जहाँ क्षयरोगका बिरामी कम रहेको र बीसीजी खोप पनि कम लगाएको समावेश थिए ।

एम्सका निर्देशक डा रणदीप गुलेरियाका अनुसार अनुसन्धानको तथ्यांकमा क्षयरोग बढी भएको र बीसीजीको खोप लगाउने देशमा अन्य देशको तुलनामा कोरोनाका घटना कम भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL