Logo

काठमाडौँमा १४ जनामा हैजा देखियो, २ जनाको उपचार हुँदै

काठमाडौँमा १४ जनामा हैजा देखियो, २ जनाको उपचार हुँदै



काठमाडौं । काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनिहरु उपचारपश्चात् घर फर्केको जानकारी दिए ।

laxmi

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनिहरुकोको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL