Logo

नयाँ सवारी तथा यातायात ऐनको ड्राफ्ट मन्त्रालयमा, सार्वजनिक सवारी चलाउन प्रोफेसनल लाइसेन्स लिनुपर्ने

नयाँ सवारी तथा यातायात ऐनको ड्राफ्ट मन्त्रालयमा, सार्वजनिक सवारी चलाउन प्रोफेसनल लाइसेन्स लिनुपर्ने



काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विस्थापन हुने गरी नयाँ ऐन ल्याउने तयारी सुरु गरेको छ । नेपालमा सवारी तथा यातायात व्यवस्थालाई सहज ढंगले संचालन गर्नका लागि नयाँ ऐनको आवश्यकताअनुरुप नयाँ ऐन ल्याउन लागिएको हो । । यसका लागि सम्बन्धित सरोकारवालाहरुको राय सुझावसहित यातायात व्यवस्था विभागले ऐनको ड्राफट तयार गरेर मन्त्रालयमा पठाइसकेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐनलाई विस्थापन गरेर ल्याउन लागेको उक्त ऐनमा चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी नयाँ प्रावधान राखिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार नयाँ ऐनमा सिकारु लाइसेन्स दिने व्यवस्थाका गरिएको छ । उनले नेपालमा हालसम्म सवारी चलाउन सिकेर लाईसेन्स लिनका लागि अप्ठ्यारो नीति रहेको बताए । विदेशमा सिकारुका लागि सोहीअनुसारको लाइसेन्स दिएर निश्चित ठाँउहरुमा चलाउन दिने प्रावधान रहेको उनले बताए । विदेशमा यस्तो लाइसेन्स ‘लर्नर्स लाईसेन्स’ का रुपमा दिइने गरिएको हुन्छ । त्यहाँ गाडी कन्ट्रोल गर्न सक्नेलाई निश्चित स्थान तोकेर चलाउन दिने प्रावधान रहेको र अब नेपालमा ल्याइन लागेको नयाँ ऐनले पनि त्यस्तो प्रावधानमा जान सकिने गरि ऐनको ड्राफ्ट तयार पारेर मन्त्रालयमा पठाएको उनले बताए ।

मन्त्रालयमै अड्कियो ऐन

सवारी तथा यातायात व्यवस्थालाई सहज ढंगले संचालन गर्नका लागि यातायात व्यवस्था विभागले सरोकारवाला पक्षसंग छलफल गरेर ड्राफ्ट तयार बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको पनि निकै समय भएको विभागले जानकारी दिएको छ । उक्त ड्राफ्टले ऐनको रुप लिइसक्ने वेला भएको भएपनि यसमा मन्त्रालयमा छलफलकै क्रममा रहेकोे छ ।

अब मन्त्रालयको कानुन शाखाले आवश्यक काटँछाँट गरेपश्चात संसदीय समिति तथा सम्बन्धित अन्य मन्त्रालयसँगको छलफलपछि संसदमा विधेयकका रुपमा पेश गर्ने व्यवस्था रहेको छ । उक्त विधेयक संसदमा पेश भई पारित भएमा ऐनका रुपमा लागु हुने प्रावधान रहेको छ ।

सिकारुलाई पनि लाइसेन्स

हाल लागु भइ्र्ररहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई विस्थापित गरि नयाँ ऐन ल्याउन बनाईएको ड्राफ्टमा सिकारुलाई पनि लाईसेन्स दिने सम्मको प्रावधान समेटिएको विभागले जानकारी दिएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्थालाई सहज ढंगले संचालन गर्नका लागि ल्याउन तयार पारेको ड्राफ्टमा लर्निङ लाइसेन्सको अवधारणा अघि सारेको छ । लर्निङ लाईसेन्स लिएको व्यक्तिलाई ड्राइभिङ स्कुलले अब तिमीले ट्रायल परीक्षा दिन योग्य छौ भनेर स्किल टेस्ट सर्टिफिकेट दिएपछिमात्र ट्रायल दिन पाउने प्रावधान उक्त ड्राफ्टमा समेटिएको जानकारी विभागले दिएको छ ।

प्रोफेसनल ड्राइभिङ लाईसेन्स

अहिलेसम्म चार पाङगे्र सार्वजनिक सवारीमा हेभी र लाईट गरी दुई प्रकारको लाइसेन्स जारी हुने गरेको छ । अब ल्याइन लागेको ऐनमा भने सार्वजनिक सवारी चलाउन ट्याक्सी, बस, ट्रक चलाउनको लागि पनि प्रोफेसनल लाईसेन्स लिनुपर्ने अवधारणासहित उक्त ड्राफ्ट मन्त्रालय पठाईएको विभागले जानकारी दिएको छ ।

डोजर, लोडर, एस्काभेटर र क्रेन चालकको वर्ग फरक हुने

हालसम्म डोजर, लोडर, एस्काभेटर र क्रेन चलाउनेलाई पनि ड्राइभर क्याटेगोरीमा राखेको भएपनि अबको ऐनले उक्त उपकरण संचालन गर्नेलाई मेसिनरी अपरेटर वर्गमा राख्न उक्त ड्राफ्टमा उल्लेख गरिएको विभागले जानकारी दिएको छ । विभागका अनुसार ती साधन नियमित सडकमा चलाउनका लागि नभई निश्चित स्थानमा संचालन गर्नुपर्ने भएकाले मेसिन अपरेटरको सर्टिफिकेट दिनु उपयुक्त हुने देखिन्छ ।

यस्ता खालका मेसिनरी उपकरण संचालनका लागि सडक विभागको यान्त्रिक महाशाखा वा सीटीईभिटीबाट वा यस्तै कुनै इन्स्टिच्युट उपयुक्त हुने देखिन्छ । जसले यसका आवश्यक प्राविधिक पक्ष कसरी संचालन गर्दा दुर्घटना न्युन हुन्छ भनेर जानकार भएकालाई स्किल टेस्ट गर्ने जिम्मेवारी दिइनुपर्ने व्यवस्था ऐनको ड्राफ्टमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL