Logo

सरकारले गर्याे मन्त्रिपरिषद हेरफेर, यी हुन नवनियुक्त मन्त्री

सरकारले गर्याे मन्त्रिपरिषद हेरफेर, यी हुन नवनियुक्त मन्त्री



काठमाडौं । आईतबार मन्त्रिपरिषद हेरफेर भएको छ । नेकपा एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरु बाहिरिएसँग सोही मन्त्रालयको जिम्मा थप नयाँ व्यक्तिहरुलाई दिईएको हो ।

एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद हेरफेर गरेको हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्री र पर्यटन मन्त्री शेरबहादुर आलेले आजै पदबाट राजिनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL