Logo

आइजीआई र चीरायु अस्पतालबीच सम्झौता, ग्राहकले नगदरहित हस्पिटलाईजेशन सुविधा पाउने

आइजीआई र चीरायु अस्पतालबीच सम्झौता, ग्राहकले नगदरहित हस्पिटलाईजेशन सुविधा पाउने



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु अस्पतालका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म चिरायु अस्पतालबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले चिरायु अस्पतालले आफ्ना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL