Logo

कनेक्ट आइपीएसको इलेक्ट्रीफाइङ अफर, भाग्यशाली विजेताले स्कुटर जित्ने मौका

कनेक्ट आइपीएसको इलेक्ट्रीफाइङ अफर, भाग्यशाली विजेताले स्कुटर जित्ने मौका



काठमाडौं । बैंकका ग्राहकलाई कनेक्ट आइपीएस प्रणालीमा आवद्ध गर्नका लागि इलेक्ट्रीफाइङ अफर सार्वजनिक गरिएको छ । कनेक्ट आइपीएसले असार १ गते (आजै)बाट ३२ गतेसम्म लागू हुने गरी कनेक्ट आइपीएस इलेक्ट्रफाइङ अफर सार्वजनिक गरेको हो ।

laxmi

अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आइपीएसमा अनलाइन रजिष्टर गरी, आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा ५० रुपैयाँको रिचार्ज पाउन सकिनेछ । त्यसै गरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

बैंकका ग्राहकहरुले connectIPS मा www.connectips.com वा यसको मोबाइल एप (http://onelink.to/connectips) मार्फत रजिष्टर गर्न सक्दछन् । यो अफर नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।

सोझै बैंक खाताबाट फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई उपलब्ध रहेको कनेक्ट आइपीएस एक भन्दा बढी बैंक खाता लिन्क गर्न सकिने प्ल्याट्फर्म हो । यसले दैनिक औसत १०.८ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL