Logo

हुन्डीको कारोबार अझैपनि व्यापक छ, त्यसलाई रोक्न आइएमईले काम गर्नुपर्छ : अर्थमन्त्री शर्मा

हुन्डीको कारोबार अझैपनि व्यापक छ, त्यसलाई रोक्न आइएमईले काम गर्नुपर्छ : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले हुन्डीको कारोबार अझै पनि व्यापक रहेको भन्दै त्यसलाई रोकन आइएमईले काम गर्नुपर्ने बताएका छन् । आइएमईको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अझै पनि धेरै विदेशबाट आउनुपर्ने जति रेमिटान्स नआएको बताए । ‘रेमिटान्स त भन्सारमा पनि हुन्डीमार्फत आउँदो रहेछ, त्यसलाई निरुत्साहित गर्दै जानुपर्छ र यका लागि आइएमईजस्तो कम्पनीले विशेष भूमिका खेल्नुपर्छ’, शर्माले भने ।

अर्थमन्त्री शर्माले रेमिटान्सबाट प्राप्त भएको रकम घरमा परिवारका सीधै जाने र त्यो बाल बच्चाको शिक्षा र स्वास्थ्यमा खर्च भएको भन्दै खर्च गर्न सक्ने क्षमता विकास गरिदिएको बताए । रेमिटान्सले गरिबी निवारणमा सहयोग गरेको मन्त्री शर्माले बताए ।

अहिलेको बजेटले अस्थिरताबाट स्थिरतातर्फ लगेको बताउँदै अर्थमन्त्री शर्माले रेमिटान्स क्षेत्रलाइअघि बढन विभिन्न सहज व्यवस्था गरेको बताए । ‘अहिलेको बजेटले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट भित्रयाउन मात्रै नभई एक स्टेप अघि बढेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहयोग पुर्याउँछ । हामीले रेमिटान्सबाट भित्रिएको पैसाले उत्पादन बधाई निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य बजेटले लिएको छ’, उनले भने ।

नेपालको आर्थिक अवस्था तयार गर्न सबै उपायहरूलाई सँगै लैजानुपर्ने बताउँदै अर्थमन्त्री शर्माले व्यपारघाटालाई सन्तुलनमा नल्याएसम्म निरन्तर यसरी नै अगाडि बढनुपर्ने बताए । ‘त्यसका लागि नीति तथा कार्यक्रम र बजेट समेटिएको छ । बजेट कार्यान्वयनमा हामी सफल हुनेछौ । सामान्य अवस्थामा चलिरहेको अहिलेको अवस्थाबाट अघि बढ्न कृषि, उद्योग क्षेत्रलाई अघि बढाउन बजेटले सहुलियत गरेको छ’, शर्माले भने ।

बजेटका सम्बन्धमा उद्योगीहरुबाट विरोध पनि आएको बताउँदै अर्थमन्त्री शर्माले समस्याको समाधान गरेर अघि बढ्ने बताए । ‘हामीले प्राकृतिक उत्पादनलाई निर्यात गरेर देशलाई अर्थतन्त्रको जग बलियो गर्नुपर्छ भनेर नीति बनाएका छौं। त्यसैले बजेट तथ्यमा आधारित र बस्तुसंगत छ ।

अर्थमन्त्री शर्माले नीतिहरु २ प्रकारका हुन्छन् भन्दै एक थोपर्ने र एक आवश्यक पर्ने नीति मध्ये आवश्यक पर्ने नीतिहरुलाई चुनौती भएपनि अघि बढाउने उल्लेख गरे ।

ime anniversery

प्रतिक्रिया दिनुहोस्
MBL