Logo

काठमाडौंको फोहोर उठाउने विषयमा मध्यराति सहमति

काठमाडौंको फोहोर उठाउने विषयमा मध्यराति सहमति



काठमाडौं । काठमाडौंको फोहोर उठाउने विषयमा मध्यराति सहमति भएको छ । यससँगै दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर आजैदेखि उठने भएको छ ।

काठमाडौं महानगरपालिका र सिसडोल(बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो ।

ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ ।

यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको थियो । तर, स्थानीयले आन्दोलन जारी नै राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL