Logo

सरकारमा नेकपा एसका ५ मन्त्री परिवर्तन हुँदै, पार्टीले गर्याे नयाँ नाम प्रस्ताव

सरकारमा नेकपा एसका ५ मन्त्री परिवर्तन हुँदै, पार्टीले गर्याे नयाँ नाम प्रस्ताव



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरुको हेरफेर गर्नेगरी सरकारमा नाम प्रस्ताव गरेको छ । पार्टीको सचिवालय समितिको बैठकले यसअघि सरकारमा रहेका ५ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।

सरकारमा अब नेकपा एकिकृत समाजवादीका भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य मन्त्रालयको जिम्मा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्ण कुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL