Logo

जीवन बीमा कम्पनीले बैशाखमै आर्जन गरे पौने ८ अर्ब बीमाशुल्क, कुन कम्पनीले कति उठाए ?

जीवन बीमा कम्पनीले बैशाखमै आर्जन गरे पौने ८ अर्ब बीमाशुल्क, कुन कम्पनीले कति उठाए ?



काठमाडौं । गएको बैशाख महिनामा मात्रै नेपालमा संचालित १९ जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८६ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार यी बीमा कम्पनीहरुले बैशाख महिनामा मात्रै ९ लाख ९७ हजार ८ सय ५४ बीमालेख विक्री गरेर उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

गएको बैशाख मसान्तसम्म सबै बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ४० करोड २१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यस अवधिसम्म नेपालमा जीवन बीमाका १ करोड २३ लाख ७१ हजार ६ सय ९१ बीमालेख सक्रिय छन् ।

कम्पनीगत रुपमा हेर्दा बैशाखमा मात्रै नेपाल लाईफ इन्स्यारेन्सले सबैभन्दा बढी १ अर्ब ९८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले बैशाखमा ७ हजार ३३ बीमालेख जारी गरेको थियो । यस्तै १ अर्ब ६ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको लाईफ इन्स्यारेन्स कर्पाेरेसन दोस्रो स्थानमा हुँदा ८६ करोड २५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको नेशनल लाईफ इन्स्योरेन्स तेस्रो स्थानमा छ ।

कम्पनीले बैशाख महिनामा मात्रै ९२ हजार ७ सय १ बीमालेख विक्री गरी उक्त शुल्क आर्जन गरेको हो । यस्तै एशियन लाईफ, युनियन लाईफ, सिटिजन लाईफ र मेट लाईफ इन्स्यारेन्स कम्पनी बैशाखमा धेरै बीमा शुल्क आर्जन गर्ने चौथो, पाँचौं र छैठौं कम्पनी बनेका छन् । यी कम्पनीहरुले बैशाख महिनामा मात्रै क्रमश ४० करोड, ३७ करोड १० लाख, ३५ करोड ७८ लाख र ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता बैशाखसम्मकै तथ्यांक हेर्दा भने २८ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेर नेपाल लाईफ ईन्स्योरेन्स पहिलो स्थानमा हुँदा १३ अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको लाईफ इन्स्यारेन्स कर्पाेरेसन दोस्रो स्थानमा छ । यस्तै बैशाख मसान्तसम्म १० अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको नेशनल लाइफ भने तेस्रो स्थानमा छ ।

बैशाख महिनासम्म जीवन बीमा कम्पनीहरुले ७९ अर्ब १३ करोड ६७ लाख रुपैयाँ नविकरण शुल्क उठाउँदा प्रथम बीमाशुल्क वापत ३१ अर्ब २६ करोड ५४ लाख रुपैयाँ आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL