Logo

बालेन स्थापितभन्दा ५ हजार १ सय मतले अगाडि, यस्तो छ पछिल्लो मतपरिणाम

बालेन स्थापितभन्दा ५ हजार १ सय मतले अगाडि, यस्तो छ पछिल्लो मतपरिणाम



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा अझै स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र शाह भारत मतान्तरका साथ अगाडि छन् । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ६ हजार २ सय ५८ मत पाएका छन् ।

स्थापित र साह बीचको मतान्तर ५ हजार १ सय ७६ को छ । यस्तै मेयरका अर्का उम्मेदवार सिर्जना सिंहले ५ हजार ४ सय ८ मत पाएकी छन् । यता उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले ९ हजार ४ सय १९ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ५ सय ७५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL