Logo

काठमाडौंको मेयरमा बालेन शाह ९ सय मतले अगाडि, उपमेयरमा सुनिता डंगोल १४ सय मतले अगाडि

काठमाडौंको मेयरमा बालेन शाह ९ सय मतले अगाडि, उपमेयरमा सुनिता डंगोल १४ सय मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा युवा उममेदवारले मत अन्तर फराकिलो बनाउादै गएका छन् । मतगणना शुरु भएदेखि नै अग्रता राख्दै आएका महानगरको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शहरले २०७१ मत पाएर अग्रता बनाएका छन् ।

बालेन एमालेका उम्मेदवार केशव स्थापित भन्दा ९०७ मतले अगाडि रहेका छन् । केशव स्थापितले ११६४ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले १००६ मत प्राप्त गरेकी छन् ।

यस्तै उपमेयरमा सुनिता डंगोलले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेकी छन् । नेकपा एमालेबाट उपप्रमुख पदकी उमेदवार डंगोलले अहिलेसम्म २००० मत प्राप्त गरेकी छिन् । डंगोल उनका प्रतिष्पर्धी गठबन्धनका उमेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ भन्दा १४२० मतले अगाडि रहेकी छन् । श्रेष्ठले ५८० मत पाएका छन् ।

अहिले काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ को मत गणना भैरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL