Logo

एलबीइएफका अध्यक्ष जालान नेशनल आइसिटी एक्सिलेन्स अवार्डबाट सम्मानित

एलबीइएफका अध्यक्ष जालान नेशनल आइसिटी एक्सिलेन्स अवार्डबाट सम्मानित



काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशन (एलबीइएफ)का अध्यक्ष ई. पंकज जालानले आइसिटी एक्सीलेन्स अवार्ड २०२२ प्राप्त गरेका छन् । नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सञ्चार तथा सूचना मन्त्रालयले उनलाई उक्त अवार्ड प्रदान गरेको हो ।

शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेको लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, विगत २३ वर्षदेखि नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । एलबीईएफ गु्रप अफ इन्स्टीच्युट अन्तर्गत लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, पाटन कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज, जनकपुर, अक्षर विद्या मन्दिर, जनकपुर र इन्टरनेशनल स्कूल फर स्कील्स पर्दछन् ।

नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानित ई. पंकज जालान विगत कैयौं वर्षदेखि शैक्षिक क्षेत्रमा कार्यरत छन् । यस्तै उनी विभिन्न पदमा रही विभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न हुने गरेका छन् । उनले यो अवार्ड आफ्ना काका तथा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका संस्थापक स्व. परमानन्द केजरीवाललाई समर्पण गरेको जानकारी दिएका छन् । हरेक वर्ष मे महिनाको २ तारिखमा नेपालमा राष्ट्रिय सूचना प्रविधि दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL