Logo

कोभिड–१९ का कारण चिन्ता र डिप्रेसनका घटना बढे : डब्लुएचओ

कोभिड–१९ का कारण चिन्ता र डिप्रेसनका घटना बढे : डब्लुएचओ



काठमाडौं । पछिल्लो समय विश्वव्यापी रुपमै चिन्ता, तनाव र डिप्रेसनका घटना वृद्धि भईरहेको पाईएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना वृद्धि भएको जनाएको हो । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको डब्लुएचओले जानकारी दिएको छ ।

कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा वृद्धि भएको हो । साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो ।

डब्लूएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डन गे्रले भनेका छन्, ‘आकारका हिसाबले यो निकै ठूलो बृद्धि हो ।’ मानिसको मानसिक स्वास्थ्य र खुसीले कोभिडको १९ को ठूलो प्रभाव रहेको ब्रिफिङले देखाएको उनले बताए ।

उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठूलो असर गरेको स्थानमा बृहत बृद्धि देखिएको थियो । पुरुषभन्दा महिला र किशोरीहरु कोभिडबाट प्रभावित भएका थिए ।

महामारीको समयमा महिलाहरु सबैभन्दा बढी प्रभावित भएको अक्टोबरको सुरुमा सार्वजनिक भएको एउटा प्रतिवेदनमा दर्शाइएको थियो ।
कोभिड महामारीको प्रारम्भिक वर्षमा मात्र डिप्रेसन र चिन्ताका बिरामीहरुको संख्या एक चौथाइले बढेको ल्यान्सेटको एउटा अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL