Logo

‘काठमाडौँ ट्रिएना २०७७’ प्रत्यक्ष आयोजना फागुन १७ देखि

‘काठमाडौँ ट्रिएना २०७७’ प्रत्यक्ष आयोजना फागुन १७ देखि



काठमाडौं ।  ‘काठमाडौँ ट्रिएनाले २०७७’ को प्रत्यक्ष आयोजना फागुन १७ गतेदेखि शुरू हुने भएको छ । माघ २८ गते नै भर्चुअल उद्घाटन भएपनि कोरोना महामारीका कारण फागुन १७ देखि कार्यक्रममा प्रत्यक्ष सहभागी हुन सकिने सिद्धार्थ आर्ट फाउन्डेशनले जानकारी दिएको छ । सो संस्थाकाअनुसार महामारीकै कारण २०७७ पुषमै आयोजना हुनपर्ने ट्रिएनाले एक वर्ष पछि सरेको हो ।

ट्रिएनालेको यो चौथो संस्करण हो । फाउन्डेशन र पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयको संयुक्त पहलमा यो कार्यक्रम आयोजना हुनेगर्छ । यसपटक ट्रिएनालेका कार्यक्रम भर्चुअल र भौतिक दुवै किसिमले सहभागिता जनाउन सक्नेगरी हाइब्रिड रूपमा आयोजना हुनेछ ।

ट्रिएनालेमा भिन्न विषयवस्तु समेट्नेगरी क्युरेट गरिएका ३०० भन्दा बढी कलाकृतिहरू काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच स्थानहरूमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । नेपालको कला र संस्कृतिको विकास तथा प्रवद्र्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको सुरुवातको रूपमा कार्यक्रम आयोजना हुने फाउन्डेशनले दाबी गरेको छ ।

सिद्धार्थ आर्ट्स फाउण्डेशनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौँ अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट शुरू भएको थियो । नेपालका असंख्य कलात्मक प्रतिभा र कलाहरू प्रस्तुत गर्न र तिनलाई यस क्षेत्रभन्दा बाहिरका परिदृश्यमा संलग्न गर्न थप अवसर मिल्ने थापाले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL