Logo

नेशनल लाईफको ३५ औं बार्षिकोत्सव : रक्तदानसँगै ३४ वृद्धाश्रममा खाना बाँडियो

नेशनल लाईफको ३५ औं बार्षिकोत्सव : रक्तदानसँगै ३४ वृद्धाश्रममा खाना बाँडियो



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३५ औं बार्षिकोत्सव मनाएको छ । कम्पनीले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मंगलबार बार्षिकोत्सव मनाएको हो ।

laxmi

उक्त अवसरमा कम्पनीले काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरेको थियो जस्मा ५० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै कम्पनीले देशभरमा ३४ वटा वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम समेत आयोजना गरेको थियो । यसै गरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । यहि आर्थिक वर्षको मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगिएको छ । कम्पनीको जीवन बीमा कोषमा ५० अर्वको हाराहरीमा रकम जम्मा भएको छ ।

कम्पनीले चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको कम्नपीले जानकारी दिएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म दिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL