Logo

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, निगम अझै पाक्षिक २ अर्ब १५ करोड घाटामा

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, निगम अझै पाक्षिक २ अर्ब १५ करोड घाटामा



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य समायोजान गरेको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढेको छ ।

बढेको मूल्यपछि अब पेट्रोल प्रतिलिटर १४५ भएको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १२८ भएको निगमले जनाएको छ । त्यस्तै निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मुल्य भने वृद्धि नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL