काठमाडौँ । बुध्द एयरले मार्च १ देखि जनकपुरधाम र धनगढीबाट पोखराको सिधा उडान भर्न लागेको जनाएको छ । सुरुमा साताका ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको छ ।
जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहिबार र शनिवार र त्यसैगरि धनगढीबाट पोखरा आइतबार, बुधबार र शुक्रबारको उडान तालिका बुद्ध एयरले मंगलबार प्रकाशित गरेको छ ।
सिधा उडानबाट अनावश्यक झन्झटको साथै यात्रुहरुको समय पनि बचत हुने जनाएको छ । यी दुई गन्तव्यको लागि बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले आकर्षक प्याकेज समेत ल्याउन लागेको कम्पनीले जनाएको छ ।