Logo

१६ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्यो, १२ देखि १७ बर्ष उमेर समूहलाई लगाइने

१६ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्यो, १२ देखि १७ बर्ष उमेर समूहलाई लगाइने



काठमाडौं । १२ देखि १७ बर्ष उमेरका बालबालिकालाई लगाईने १६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आईपुगेको छ । विश्व बैंकको आर्थिक सहयोगमा मंगलबार उक्त खोप नेपाल आईपुगेको हो । यसमार्फत बाँकी रहेका किशोरकिशोरीलाई खोपको मात्रा पुर्याउन सकिने बताईएको छत ।

कोभ्याक्स लागत साझेदारी परियोजनामार्फत ल्याईएको उक्त खोप खासगरी बालबालीकाका लागि आवश्यक मानिएको छ ।

कोभ्याक्स लागत साझेदारी परियोजनमार्फत खोपको व्यवस्था मिलाउने नेपाल दोस्रो राष्ट्र हो । मोडर्ना खोपको समयमै आपुर्तिले १२ देखि १७ बर्षका युवा, बालबालीकालाई खोप लगाउन सहयोग पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्ती विरोध खतिवडाले बताए । उनका अनुसार विश्व बैंकको सहयोगले सबै जनतालाई खोपको पहुँचमा पुर्याएको कार्यमा सहयोग पुगेको छ ।

विश्व बैंकले जनवरी १२ मा कोरोनाका विरुद्धको आवश्यक तयारीका लागि १ करोड ८० लाख डलर आर्थिक सहयोगको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL