Logo

काेराेना संक्रमण हालसम्मकै उच्च, एकैदिन भेटिए ११३५२ संक्रमित

काेराेना संक्रमण हालसम्मकै उच्च, एकैदिन भेटिए ११३५२ संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो समय एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । बुधबार देशभर थप ११३५२ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ९५०२ र एन्टीजेन परिक्षणबाट १८५१ गरि कुल ११३५३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

laxmi

त्यस्तै पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४.२ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १२६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १८०७८ पिसिआर र ५३१८ नमुना एन्टीजेन परिक्षण गरि कुल २३४०९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४७ हजार ९२९ पुगेका छन् । त्यस्तै आइसीयुमा १५१ जना छन् भने देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १४१४ जना छन् भने होम आइसोलेसनमा ४६ हजार ५१५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL