Logo

बिमानस्थलमा मदिरा काण्ड मच्चाएका पर्यटन बोर्डका सीईओ रेग्मी सुन तस्करीमा संलग्न

बिमानस्थलमा मदिरा काण्ड मच्चाएका पर्यटन बोर्डका सीईओ रेग्मी सुन तस्करीमा संलग्न



काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीको नाम सुन चोरी पैठारीमा मछिएको छ । लण्डनबाट नेपाल फर्किने क्रममा भन्सारमा रक्सी काण्ड मच्चिएपछि रेग्मीलाई विवादमा आएका थिए ।

भन्सारबाट नियमविपरित रक्सी ल्याएपछि भन्सारका कर्मचारीलाई उनले हातपात समेत गरेका थिए । रेग्मीले यसअघि ३० ग्राम सुनसमेत ल्याएको खुलासा भएको छ । उनले ल्याएको सुन अवैध भन्दै भन्सार कार्यालयले जरिवाना समेत गरेको पाइएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पर्यटन मन्त्रालयलाई रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएको दावी गरेको छ । जसमध्ये ३० ग्राम सुन अवैध रहेको भन्सारले लेखेको पत्रमा उल्लेख छ ।

उनिविरुद्ध भन्सार कार्यालयमा मुद्दा दर्ता भएर २१ भदौमा फैसला समेत भएको भन्सारको पत्रमा उल्लेख छ । फैसलामा भन्सार ऐन २०६४ को दफा २ ९च० तथा दफा ५७ (१) बमोजिम सुन चोरी पैठारी गरी ल्याएको ठहर गर्दै १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना उनलाई तोकिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL