Logo

पशुपतिको धर्मशाला अवलोकनपछि पर्यटनमन्त्री आले आश्चर्यमा, भने– धर्मशाला भनेको त सेभेन स्टार होटल बनाइएको रहेछ

पशुपतिको धर्मशाला अवलोकनपछि पर्यटनमन्त्री आले आश्चर्यमा, भने– धर्मशाला भनेको त सेभेन स्टार होटल बनाइएको रहेछ



काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गरेका छन् ।

laxmi

आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन् । उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका थिए । आलेले निरीक्षणपछि धर्मशालालाई सेभेन स्टार होटल बनाएको आफुले पाएको प्रतिक्रिया दिए । उनले छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने र त्यो भोलि नै प्रष्ट हुने बताए ।

आलेले छानबिन समितिको प्रतिवेदनपछि नै त्यसको निष्कर्षको आधारमा कारवाही अगाडि बढाउने बताए । भारतको सहयोगमा बनेको धर्मशालामा एक कोठाको एक बेडमा ११ हजार सम्म उठाउने किसिमले बनेको आफुले पाएको मन्त्री आलेले बताए ।

मन्त्री आलेले आफ्नै पार्टीको पुर्वमन्त्रीले यो कम गरेको भएपनि आफुले यहि स्प्रिटका साथ काम गर्थे भन्दै उनले आफुले कुनै राजनीतिक प्रतिशोध नसाधेको बताए ।

धर्मशालामा कैयौं संरचना अनुमति नलिएर बनाएको पाइएको बताउदै प्रतिवेदन सार्बजनिक भएपछि अगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL