Logo

आईएमएफले नेपाललाई ४६ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण दिने, ब्याज तिर्नु नपर्ने

आईएमएफले नेपाललाई ४६ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण दिने, ब्याज तिर्नु नपर्ने



काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई ४६ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण दिने भएको छ । कोषको ‘इन्हान्स्ड क्रेडिट फेसिलिटी (ईसीएफ) अन्तर्गत शुन्य ब्याजदरको उक्त ऋण दिन आईएमएफ बोर्ड बैठकले बुधबार स्वीकृत गरेको अर्थमन्त्रालयले जनाएको छ ।

laxmi

अर्थमन्त्रालयका अनुसार उक्त ३९५.९ मिलियन अमेरिकी डलर बराबरको ऋण मध्ये ११० मिलियन डलर पहिलो किस्ताका रुपमा तत्काल प्राप्त हुने छ । बाँकी विभिन्न किस्तामा प्राप्त हुने छ ।

कोभिडका कारण जनस्वास्थ्य तथा आर्थिक क्षेत्रमा परेको प्रभाव न्यून गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्न, दिगोविकास तथा गरिबी निवारण गर्न उक्त अनुदान सहयोग रकम उपयोग गरिने छ ।

त्यस्तै, उक्त रकम आवश्यकता र प्राथमिकता निर्धारण गरी बजेटमा समावेश गरेर खर्च गरिने अर्थमनत्रालयले जनाएको छ । मुद्रा कोषले दिन लागेको उक्त ऋणलाई सरकारले चालू आर्थिक वर्षको बजेटमा आयको स्रोतको रुपमा समेत कायम गरेको थियो ।

कोभिड कारण उत्पन्न असहज परिस्थितिको सामना गर्न नेपालले अख्तियार गरेको नीतिको प्रशंसा गर्दै आईएमएफ बोर्डका कार्यकारी निर्देशहरुले उक्त ऋण सहयोग परिपूरकको रुपमा प्रदान गर्न लागेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL