Logo

आजपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आजपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलामा २ सयले बढेर ९२ हजार ७०० पुगेको छ ।

यस अघि विहिबार सुन तोलाको ९२ हजार ५०० सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजार २ सयमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२ सय ६० पुगेको महासंघले जानकारी दिएको छ । यसअघि बिहिबार चाँदी तोलाको १२ सय ५५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL