Logo

पाँच महिनामै भित्रियो ८ अर्ब ३८ अर्बको सामान, व्यापारघाटा ७ खर्ब ३६ अर्ब

पाँच महिनामै भित्रियो ८ अर्ब ३८ अर्बको सामान, व्यापारघाटा ७ खर्ब ३६ अर्ब



काठमाडौं । पछिल्लो समय नेपालको व्यापार घाटा उच्च रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालले गर्ने आयात ५९.५ प्रतिशतले वृद्धि भई रु.८३८ अर्ब ४१ करोड पुगेको छ । जसबाट नेपाले ७ खर्ब ३६ अर्ब रुपैयाँ व्यापारघाटा व्यहोर्नु परेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालले गर्ने आयातमा ९.६ प्रतिशतले गिरावट आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ । तर सो अबधिमा सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्तीलगायतका वस्तुको आयात घटेको छ ।

तर सो अबधिमा नेपालबाट हुने निर्यातमा १०५.६ प्रतिशतले वृद्धि भएको छ । नेपालको निर्यातको हिस्सा एकदमै कम हुँदा उच्च वृद्धि भएको देखिएपनि नेपालबाट कुल १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँको बस्तु तथा सामान निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १३८.० प्रतिशत र २८.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा हेर्नेहो भने रिफाइनरी र प्याकेजिङ गरेर गरिने निर्यात पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ । तर नेपाली उत्पादन अलैंची, चिया लगायतका वस्तुको निर्यात भने घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL