Logo

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ, यसअघिका सबै प्रवेश पास खारेज

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ, यसअघिका सबै प्रवेश पास खारेज



काठमाडौं । सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोभिड(१९ संक्रमण बढेसँगै सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको हो ।

laxmi

गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जनाएको छ । अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ ।

सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउनेछन् । कोभिड बढ्दै गएपछि सरकारले कडाइ गर्दै गएको छ ।

Home-ministry

प्रतिक्रिया दिनुहोस्
MBL