Logo

काठमाडौं उपत्यकामा सभासम्मेलन गर्न रोक : सार्वजनिक स्थलमा निशुल्क एन्टिजेन परिक्षण, यस्तो छ ३ जिल्लाका सीडीओको निर्देशन

काठमाडौं उपत्यकामा सभासम्मेलन गर्न रोक : सार्वजनिक स्थलमा निशुल्क एन्टिजेन परिक्षण, यस्तो छ ३ जिल्लाका सीडीओको निर्देशन



काठमाडौं । कोरोना बढेसँगै काठमाडौँ उपत्यकामा पुस २८ गतेदेखि राजनीतिक दलका भेला तथा मेला महोत्सव गर्न रोक लगाइएको छ ।

laxmi

उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म सभा सम्मेलन र राजनीतिक भेला गर्न नदिने निर्णय गरेको हो ।

यदि यस्ता कार्यक्रम गर्नै परे प्रशासनको अनुमति लिनुपर्ने छ । यस्तै कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि अनिवार्य खोप कार्डको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यसैगरी उक्त बैंठकले माघ १५ गतेसम्म भौतिक उपस्थितीमा पठनपाठनमा रोक लगाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL