Logo

अर्थमन्त्रीको आक्रोस-संकटका बेला बैंकले बढी नाफा गर्न खोज्दा समस्या, बैंकर र व्यवसायी छुट्टिनु आवश्यक

अर्थमन्त्रीको आक्रोस-संकटका बेला बैंकले बढी नाफा गर्न खोज्दा समस्या, बैंकर र व्यवसायी छुट्टिनु आवश्यक



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोनापछि आएको संकटको समयमा बैंकहरुले बढी नाफा आर्जन गर्न खोज्दा अहिले समस्या निम्तिएको बताएका छन् । ‘अन्य सबै क्षेत्र समस्यामा पर्दा बैंकले चाहिँ बढी नाफा आर्जन गर्नुपर्ने कारण के छ ? बैंक तथा वित्तीय संस्था परिसंघ (सीवीफीन)को दोस्रो वार्षिक साधारणमा बोल्दै उनले भने, ‘संकटलाई अवसको रुपमा लिँदै बढी नाफा गर्नुपर्छ मान्ने मानसिकता बैंकहरुले त्याग्नु जरूरी छ ।’

संकटको समयमा बैंकहरुको पनि ऋणी र राज्यप्रति दायित्व रहेको बताउँदै सबैलाई सहज हुने गरी बैंकहरु अघि बढ्नुपर्ने बताए । यसैगरी पछिल्लो समय बैंकहरुबीच अवस्वथ्य प्रतिस्पर्धा हुने गरेको र जसको असर बजारमा देखिएको मन्त्री शर्माको भनाई थियो । ‘अहिले बैंकहरुले निक्षेपमा व्याज बढाएर एक बैंकको निक्षेप अर्को बैंकमा तान्नमा तल्लिन छन्,’ उनले भने, ‘अबका दिनका बैंकहरुले निश्चित दायराभन्दा बढी व्याज नबढाउने नीति अवलम्बन गर्नुपर्छ ।’ साथै अबका दिनमा कर्जाको बर्गीकरण गरेर सोही अनुरुप व्याजदर लागू गर्नुपर्ने समेत उनको तर्क थियो । देशको अर्थतन्त्र विकासका लागि देशभित्रै उत्पादन बढाउनुपर्ने भन्दै त्यस्ता उद्योगका लागि दिनईने कर्जामा कम ब्याज हुनुपर्ने समेत उनको भनाई थियो ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरु जनताले राखिदिएको निक्षेप परिचालन गरेर बैंकिङ प्रणाली चलाइरहेको जानकारी दिँदै अबका दिनमा स्रोत परिचालनको नयाँ उपायहरु खोज्नुपर्ने बताए । हाल भैरहेको तरलता समस्या माघ अन्तिमसम्ममा समाधान भईसक्ने भन्दै सोही अनुरुप सरकारले पनि पुँजीगत खर्च बढाउनुका साथै बजारमा तरलता बढाउन नयाँ कार्यक्रमहरु ल्याउने बताए ।

यसैगरी बैंकर र व्यवसायी एउटै व्यक्ति हुँदा समेत समस्या निम्तिएको उनको तर्क थियो । अहिले बैंकमा लगानी गरेर मुनाफा खाने र ऋण लिने व्यक्ति एउटै छन्,’ उनले भने, ‘जसका कारण बैंकिङ क्षेत्रनै गोलमोटल हुँदा समस्या समाधान गर्न सकिएको छैन ।’ साथै यस विषयमा थप पारदर्शी हुनुपर्ने समेत उनको भनाई थियो ।

कार्यक्रममा बैंक संचालहरुले सरकारले बैंकमाथि लगाउँदै आएको कर्पोरेट ट्याक्स बढी भएको भन्दै घटाउन माग गरेका थिए । तर अर्थमन्त्री संकटको समयमा पनि उच्च नाफा आर्जन गरिरहेका बैंकको कर घटाउन नसकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL