Logo

भ्याट नबुझाउने कम्पनीको सूची सार्वजनिक : नतिर्नेमा मिडिया, ठेकेदारदेखि सीए फर्मसम्म

भ्याट नबुझाउने कम्पनीको सूची सार्वजनिक : नतिर्नेमा मिडिया, ठेकेदारदेखि सीए फर्मसम्म



काठमाडौं । आन्तरिक राजश्व कार्यालय पुतलीसडकले ५ लाख माथि मूल्य अभिवृद्धिकर नतिर्ने फर्म तथा कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । कार्यालयले हालसम्मको बक्यौता मूल्य अभिवृद्धिकर तिर्नका लागि आह्वान गर्दै सूची सार्वजनिक गरेको हो । सूचीमा समावेश भएका करदाताहरुलाई कार्यालयले १५ दिनभित्र मूल्य अभिवृद्धि कर दाखिला गर्नसमेत आह्वान गरेको छ ।

मूल्य अभिवृद्धि कर नतिर्नेमा सुगर मिल्स, निर्माण व्यवसायी, संचार गृह, ठेकेदार कम्पनीलगायत रहेका छन् । सूचना अनुसार अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रालीले कार्यालयमा ८ करोड ६२ लाख ९१ हजार ५ सय १७ रुपैयाँ तिर्न बाँकी छ भने बैदेही ईक्यूपमेन्ट एण्ड कन्ट्रक्सन प्रालीको ८ करोड ३४ लाख २९ हजार ८ सय ४१ रुपैयाँ तिर्न बाँकी छ । यस्तै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको २ करोड ४८ लाख ११ हजार ४८५ रुपैयाँ, एभरेष्ट डिष्ट्रिव्यूसन प्रालीको १ करोड ९५ लाख २१ हजार ६१० रुपैयाँ र शंकर माली निर्माण सेवाको १ करोड ३७ लाख ८९ हजार रहेको छ ।

‘यस कार्यालय अन्तर्गत दर्ता रहेका ५ लाख भन्दा बढी मूल्य अभिवृद्धि कर बक्यौता भएका करदाताहरुलाई विभिन्न मितीमा कार्यालयबाट पत्रचार, टेलिफोन, संकलन भ्रमण समेतबाट बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गर्न जानकारी गराईएकोमा हालसम्म पनि दाखिला गरेको वा गर्न नपर्ने प्रमाण पेश नगरेकोले बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गर्न यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ । ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गरिसकेको वा गर्न नपर्ने प्रमाण भए पेश गर्न जानकारी गराईन्छ ।’

यस्तो छ सूची :

प्रतिक्रिया दिनुहोस्
MBL