Logo

स्वावलम्बन लघुवित्तका लगानीकर्ताले २५ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात

स्वावलम्बन लघुवित्तका लगानीकर्ताले २५ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले २५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको बिहीबार काठमाडौंमा सम्पन्न २० औं साधारणसभाले १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ मा ६८ करोड ६२ लाख ५१ हजार ५ सय ७१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । यस्तै आव २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको जनाएको छ ।

चालु आवको मंसिर मसान्तसम्म ६१ जिल्लाका १ सय ४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ५४ हजार ९ सय ८७ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको संस्थाले जानकारी दिएको छ । उक्त अवधिमा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा रकम १९ अर्व ४९ करोड ८७ लाख ४ हजार पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा ११ अर्व ३ करोड ६३ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

वित्तीय पहुँच कम रहेका देशको सातै प्रदेशका हिमाल, पहाड र तराईका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब १५ करोड रुपैयाँ साथै जारी तथा चुक्ता पूँजी रु।१ अर्ब १२ करोड २१ लाख ७० हजार कायम गर्ने निर्णय समेत यस साधारण सभाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL