Logo

नबिल ईन्भेष्टमेन्टले देशभर धितोपत्रसम्बन्धि जानकारीमुलक कार्यक्रम संचालन गर्ने, गण्डकी प्रदेशबाट सुरु

नबिल ईन्भेष्टमेन्टले देशभर धितोपत्रसम्बन्धि जानकारीमुलक कार्यक्रम संचालन गर्ने, गण्डकी प्रदेशबाट सुरु



काठमाडौं । नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गण्डकी प्रदेशबाट धितोपत्र सम्बन्धी जानकारी दिने कार्यक्रम संचालन गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको सेयर बजारमा प्रवेश गर्न सकिने तरिका र धितोपत्र सम्बन्धी अन्य सबै जानकारी दिनेगरी उक्त कार्यक्रम संचालन गरेको हो ।

laxmi

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था, धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमासमेत जानकारी दिईने छ ।

कम्पनीले आगामी दिनमा देशका सातै प्रदेशमा यस्तो खाले कार्यक्रम संचालन गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले जानकारी दिए । कार्यक्रममा उनले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुका बारेमा प्रकाश पारेका थिए ।

स्थापना कालको १२औं वर्ष प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

४५ लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २२ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ । यस्तो अवस्थामा धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL