Logo

आइएमई इन्स्योरेन्सको केन्द्रीय कार्यालय पानीपोखरीमा, बीमा समितिका अध्यक्ष सिलवालले गरे शिलान्यास

आइएमई इन्स्योरेन्सको केन्द्रीय कार्यालय पानीपोखरीमा, बीमा समितिका अध्यक्ष सिलवालले गरे शिलान्यास



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले केन्द्रिय कार्यालय भवनको शिलान्यान्स गरेको छ । पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवन निर्माणको लागि बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिलान्यास गरेका हुन् ।

उक्त शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आफ्नो व्यस्थताको वावजुत पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिनु भएकोमा बीमा समितिका अध्यक्षज्यूलाई संचालक समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् । साथै कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि आज शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने उनको भनाई थियाृ ।

उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत सम्पूर्ण संचालकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL