Logo

नाडाको अध्यक्षमा ध्रुब थापा विजयी, १७ सदस्यीय कार्यसमितिमा चौधरी पक्षको बहुमत

नाडाको अध्यक्षमा ध्रुब थापा विजयी, १७ सदस्यीय कार्यसमितिमा चौधरी पक्षको बहुमत



काठमाडौं । अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । अध्यक्षका प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पराजित गर्दै अध्यक्षमा थापा निर्वाचित, भएका हुन्। अध्यक्षमा चौधरी पराजित भएपनि १७ सदस्यीय कार्यसमितिमा भने चौधरी पक्षको बहुमत आएको हो ।

बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापाले करण चौधरीलाई ६६ मतले पराजित गर्दै विजयी भएका हुन् । विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यतर्फ चौधरी प्यानलका १२ जना र ध्रुव थापा प्यानलबाट ५ जना विजयी भएका छन् । मतपरिणाम अनुसार चौधरीको प्यानलबाट मिलनबाबु मल्ल, अनुपकुमार बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई, निलमणि पाठक, वरदान बस्नेत र पंकज अग्रवाल विजयी भएका छन् ।

साथै, थापाको प्यानलबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छा विजयी भएका छन् । नाडाको विधानअनुसार साधारण सभाले १ जना अध्यक्ष र १७ जना कार्यसमिति सदस्य निर्वाचित गर्छ । निर्वाचित कार्यसमितिले पदाधिकारीको टुङ्गो लगाउने नाडाको विधानले व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL