Logo

अन्तराष्ट्रीय स्तरको वित्त सम्मेलन आयोजना गर्दै बिफिन, वित्त क्षेत्रलाई डिजिटलाइज गर्न सहयोग

अन्तराष्ट्रीय स्तरको वित्त सम्मेलन आयोजना गर्दै बिफिन, वित्त क्षेत्रलाई डिजिटलाइज गर्न सहयोग



काठमाडौं । बैंकिङ एण्ड फाइनान्स इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)ले एक दिने कन्फ्रेन्स अन लिडरशीप डेभलपमेन्ट फर न्यु नर्मल नामक सम्मेलन आयोजना गर्ने भएको छ ।

laxmi

संस्थाले काठमाडौंको र्याडिसन होटलमा शनिबार उक्त सम्मेलन आयोजना गर्न लागिको हो । उक्त सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्च सरकारी अधिकारी, औद्योगिक तथा व्यबसायीक क्षेत्रका प्रतिष्ठित व्याक्तिहरु एवम् अन्य पेशागत संघ–संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहने बीफीनले जानकारी दिएको छ । यसका साथै नेपाल, भारत, बंगलादेश तथा श्रीलंकाका सम्बन्धीत क्षेत्रका प्रस्तोता एवम् विज्ञहरुबाट ज्ञान आदान–प्रदानको उपयुक्त अवसर हुनेछ ।

सम्मेलनको उद्घाटन तथा प्रमुख आथित्यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट हुने बताईएको छ । सम्मेलनका अन्य अतिथीहरुमा भारतीय रिर्जव बैंकका पुर्व गभर्नर डा. दुभुरी सुब्बाराव, बंगलादेश बैंकका पूर्व गर्भनर डा. अतिउर रहमान, नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र रहने कार्यक्रम रहेको छ ।
उक्त सम्मेलनले सबै तह र क्षेत्रका संस्थाहरुको लागि विद्मुतीय कारोबारको लागि तयारी अवस्थामा लैजाने प्रयत्न गर्ने बताईएको छ ।

विद्युतीय क्रान्तीको कारणले व्यबसायीक जगतमा विभिन्न प्रकारका जोखीमहरु देखिएका छन् । विद्मुतीय क्रान्तीमा प्रवेश गर्नको लागि बृहत लगानी, नयाँ सीप तथा क्षमताको आवश्यकता, नयाँ नियमनकारी व्यबस्था र जटिलताको समाधान गर्न सक्ने सक्षम नेतृत्वको खाँचो रहेको देखिन्छ ।

सम्मेलनबाट बैंकिङ सेवाहरुको भविष्यको सम्भावना, वस्तु तथा सेवा प्रवाहमा प्रविधीको प्रयोग, वित्तीय क्षेत्रमा देखा पर्ने अपराध तथा सुरक्षा सम्बन्धी जोखीम तथा चुनौतीहरुको सामना गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । यसका साथै राष्ट्रीय तथा अन्तराष्ट्रीय क्षेत्रमा कोभिड १९ ले पारेको असर असुली रणनिती तथा सुशासन र महामारीको कारणले सांस्कृतीक क्षेत्रमा समेत आएको परिवर्तनका कारण बैंकिङ्ग क्षेत्रले लिनुपर्ने शिक्षाको सन्दर्भमा समेत खोजी गरिनेछ ।

सम्मेलनमा सम्मानित व्याक्तित्वहरुबाट विद्मुतिय नवप्रवर्तन सम्बन्धमा व्यक्त हुने विचारहरुबाट संघ संस्थाहरुमा विद्मुतीय कारोबार गर्ने वातावरणको सिर्जना हुने अपेक्षा गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL