Logo

भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान भने नियमित

भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान भने नियमित



काठमाडौं, । तुवाँलो र हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । बिहानको समयमा राम्रोसँग आकाश नखुल्दा अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका छन् ।

laxmi

समयमा उडान नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप छ । मौसमविद्का अनुसार अहिले भिजिबिलिटी १५ सय मिटरमा झरेको छ ।

विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढी लगायतका क्षेत्रमा उडान रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तुवाँलो हटेपछि उडान सुरु हुने छ । अहिले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको कार्यालयले जनाएको छ ।

आन्तरिक उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ३ हजार मिटरभन्दा बढी हुनुपर्छ । मौसमविद गंगा नगरकोटीका अनुसार आज बिहान ६ बजेतिर भिजिबिलिटी १५ सय मिटरमात्रै थियो । अहिले आठ बजेको समयमा केही बढेर २ हजार मिटर पुगेको छ ।

तराईका जिल्लाहरुमा विमानस्थल अनुसार आवश्यक भिजिबिलिटी फरक–फरक छ । उदाहरणको लागि भैरहवामा भिजिबिलिटी १५ सय मिटर भए पुग्छ भने पोखरामा ५ हजार मिटर चाहिने मौसमविद नगरकोटीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL