Logo

ठेक्का पाएको १३ महिनापछि आइपुग्यो स्मार्ट लाइसेन्स, कहिलेदेखि शुरु हुन्छ वितरण ?

ठेक्का पाएको १३ महिनापछि आइपुग्यो स्मार्ट लाइसेन्स, कहिलेदेखि शुरु हुन्छ वितरण ?



काठमाडौं । नेपालमा सवारीचालक अनुमति पत्रका लागि आवश्यक स्मार्ट कार्ड ल्याउने जिम्मा पाएको फ्रान्सेली कम्पनीले नेपालमा कार्ड ल्याइपुर्याएको छ ।

laxmi

बुधबार काठमाडौंको त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा १४ लाख स्मार्टकार्ड नेपाल आइपुगेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए । उनका अनुसार ग्लोबल टेण्डर आह्वान गरेको १७ महिना र टेण्डर हात पारेको १३ महिनापछि कम्पनीले नेपालमा स्मार्टकार्ड लाईसेन्स पुर्याएको हो । ‘लामो समयको अन्तरालपछि आजै नेपालमा उक्त १४ लाख स्मार्टकार्ड आईपुगेको छ,’ उनले भने, ‘मैले भर्खर टीआईएको भन्सारमा सम्पर्क गरेर भन्सारबाट कार्ड छुटाइसकिएको छ ।’

विभागले गत वर्षको असारमै स्मार्ट लाइसेन्स छपाईका लागि आवश्यक कार्ड चरम अभाव भएको भन्दै १४ लाख कार्ड आपुर्तिका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । त्यसको ४ महिनापछि कार्ड ल्याउने जिम्मा फ्रान्सेली कम्पनी सेल्प एसएसएले पाएको थियो ।

विभागले सवारी चालक अनुमतिपत्रका लागि खोलेको अनलाइन आवेदनमा झण्डै ६ लाखको हाराहारीमा सेवाग्राहीले आवेदन दिएका छन् । यस्तै लाखौं सेवाग्राहीहरु पुनः आवेदनको पर्खाइमा छन् । तर, विभागमा सेवाग्राहीलाई दिने स्मार्ट लाइसेन्स कार्ड भने छैन । यसका लागि विभागले तत्काल ट्रायल दिएका सेवाग्राहीलाई अस्थायी लाइसेन्सका रुपमा प्रोभिजनल कार्डको व्यवस्था गरेको छ ।

हाल ट्रायल दिएर पास भएका सेवाग्राहीले तत्काल स्मार्टकार्ड भने नपाएपनि त्यसको सट्टा प्रोभिजनल लाईसेन्स पाउँदै आएका छन् । क्यआर कोडसहितको उक्त लाईसेन्सको समयावधि १ बर्षको हुने र त्यसपश्चात मात्रै सेवाग्राहीले स्मार्ट लाईसेन्स पाउने विभागका महानिर्देशक घिमिरेले बिजखबरलाई जानकारी दिए । लाइसेन्स नवीकरण गरेर स्मार्ट लाइसेन्स पर्खिरहेकाहरुले भने अब केह िदिनमै स्मार्ट लाइसेन्स प्राप्त गर्ने विभागले जानकार िदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL