Logo

अर्थमन्त्री भन्छन्, आर्थिक पत्रकारिता अघि नबढी देशको अर्थतन्त्र अघि बढ्न सक्दैन

अर्थमन्त्री भन्छन्, आर्थिक पत्रकारिता अघि नबढी देशको अर्थतन्त्र अघि बढ्न सक्दैन


रामराजा श्रेष्ठ
0
Shares

sejon 1

बिजखबर संवावदाता

१५ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले नेपालमा अझै पनि आर्थिक पत्रकारिताले स्थान नसेकेको बताएका छन् । ‘नेपालमा अझै पनि राजनीतिक समाचारलाई उच्च प्राथमिकता दिइदै आएको छ,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सत्रौं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा उनले भने, ‘आर्थिक पत्रकारिता अघि नवढी देशको अर्थतन्त्र अघि बढ्न सक्दैन ।’ केही समय यता देशमा आर्थिक पत्रकारिताले गति लिएको बताउँदै केही समय भित्रै उच्च स्थान पाउने समेत उनले बताए ।
देशमा आर्थिक क्षेत्रले स्थान नपाएकै कारण देशको अर्थतन्त्रले गति लिन नसकेको समेत उनले जानकारी दिए । आगामी दिनमा मिडियाले आर्थिक भ्युज दिनुपर्ने समेत उनको भनाइ थियो ।

पछिल्लो समय नेपालमा वैदेशिक लगानी उच्च रुपमा भित्रिएको बताउँदै केही समय भित्रै नेपालले विकासको गति लिने जानकारी दिए । ‘पछिल्लो ४ महिनामा जलविद्युत्मा मात्रै ११ विलियन अमेरिकी डलर लगानीको प्रतिवद्धता आइसकेको छ,’ उनले भने, ‘होटल व्यवसायका साथै अन्य क्षेत्रमा पनि लगानी बढीरहेको छ ।’ देशमा विकास निर्माणको काम अघि बढेको भन्दै आगामी दिनमा नेपालीहरु बेरोजगार बस्ननपर्ने समेत महतले जानकारी दिए ।

sejin3

कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जिबी नेपालले सार्क सम्मेलनसँग नेपालमा वैदेशिक लगानीको ढोका खुला भएको जानकारी दिए । ‘जुन रुपमा नेपालमा शान्ति पूर्ण रुपमा सार्क शिखर सम्मेलन सम्पन्न भएको छ त्यसले विश्वव्यापी रुपमा सकारात्मक सन्देश गएको छ,’ उनले भने, ‘साथै आगामी दिनमा उक्त अवसरको सदुपयोग गरी देशलाई आर्थिक रुपमा अघि बढाउनु पर्छ ।’

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले देश आर्थिक रुपमा अघि नबढी राजनीति तथा सामाजिक रुपमा अघि बढ्न नसक्ने बताए । साथै, नेपाललाई सन् २०२२ सम्ममा विकाशिल मुलुकमा पु¥याउन सरकारले निजी क्षेत्रलाई परिचालक गर्नु पर्ने बताए । सरकारले सन् १९९० को दशकमा ल्याएको खुला अर्थतन्त्रको नीतिले देशमा आर्थिक विकासको काम अघि बढेको बताउँदै हाल उक्त नीतिको मुल्याङ्कन गरी समयसापेक्ष सुधार गर्नुपर्ने आवश्य रहेको बताए । साथै, देशको अर्थतन्त्रले गति लिनुको मुख्य श्रेय अर्थमन्त्री डा. रामशरण महतलाई जाने समेत उनले बताए ।

sejon 2

कार्यक्रममा सेजनले वर्षभरी उत्कृष्ट आर्थिक समाचार सम्प्रेषण गर्ने पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । उसले छापा र इलोक्ट्रोनिक मिडियाका २÷२ जना पत्रकारलाई पुरस्कृति गरेको छ । जसमा छापाबाट कान्तिपुर दैनिकका राजु चौधरी र नागरिक दैनिकका सुजन ओली रहेका छन् भने इलोक्ट्रोनिकमा इमेज टिभीका हिमाल पौडेल र माउन्टेन टेलिभिजनका भागवत भट्टराइ रहेका छन् । उनीहरुलाई नगद रु. २५ हजार र कदर पत्रले सम्मान गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL