Logo

दशैंको टिकाको साइत भोलि १० बजेर २ मिनेटमा, टीका लगाउने मानिस कता फर्किदा उत्तम ?

दशैंको टिकाको साइत भोलि १० बजेर २ मिनेटमा, टीका लगाउने मानिस कता फर्किदा उत्तम ?



काठमाडौं । यस वर्षको बडादशैंको टीकाको लागि भोलि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने छ ।

बिजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ७ : ०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ :३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ ।

खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL