Logo

अब बैंकहरुले ग्राहकलाई पुरस्कारको लोभ देखाउन नपाउने, निक्षेपको व्याजदरमा पनि कडाई

अब बैंकहरुले ग्राहकलाई पुरस्कारको लोभ देखाउन नपाउने, निक्षेपको व्याजदरमा पनि कडाई



काठमाडौं । अब बैंकहरुले विभिन्न स्किममार्फत पुरस्कारको लोभ देखाई ग्राहक झुक्याउन नपाईने भएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशक संशोधन गर्दै निक्षेप संकलन गर्नकै लागि भन्दै विभिन्न स्किम नल्याउन निर्देशन दिएको हो । यस्तै निक्षेप संकलन गर्नकै उद्धेष्यले चिट्ठा, कुपन, प्रतियोगिता, पुरस्कारलगायत आयोजना गर्न नपाईने निर्देशनमा उल्लेख छ ।

यस्तै एकिकृत निर्देशनमा बैंकहरुले ग्राहकलाई जानकारी नदिईकनै कुनैपनि वित्तीय सेवाहरु उपलब्ध गराउन नपाईनेसमेत उल्लेख गरिएको छ । साथै कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खाताहरुमा दिईने अधिकतम र न्युनतम व्याजदरबीचको सिमा ५ प्रतिशतभन्दा बढि फरक हुन नहुनेसमेत बताईएको छ ।

यस्तै एकिकृत निर्देशनले बैंकको साधारणसभामा भाग लिन वा छलफलमा सहभागिता जनाउन पनि सर्तहरु राखेको छ । आफू र बैंक तथा वित्तीय संस्थाको बीचमा भएको वा हुने कुनै सर्त बन्देजको सम्बन्धमा हुने छलफलमा कुनै व्यक्तिले सेयरधनीको हैसियतबाट आफैं वा आफ्नो प्रतिनिधिद्वारा साधारण सभामा भाग लिन र मतदान गर्न नपाउने भएको छ ।

आफूले गरेको वा गर्न छुटाएको वा गलत ढंगले गरेको कामको जवाफदेही वा आफ्नो स्वार्थ निहित रहेको कुनै पनि विषयका सम्बन्धमा साधारण सभामा हुने छलफलमा सञ्चालक वा निजको हिस्सेदार वा प्रतिनिधिले मतदान गर्न नपाउने पनि व्यवस्था गरिएको छ ।

यसबाहेक कुनै सेयरधनीले सम्बन्धित संस्थाको सञ्चालकलाई प्रतिनिधि नियुक्त गरेको अवस्थामा त्यस्तो सञ्चालकले आफ्नो निजी स्वार्थ वा सरोकार भएको विषयमा वा आफूलाई नियुक्त गर्ने विषयमा कसैको प्रतिनिधिको हैसियतले साधारण सभामा मतदान गर्न पाउने छैन ।

यस्तो छ संशोधित निर्देशन :

[googleapps domain=”drive” dir=”file/d/1cvSIQXXZeI3UdwHVvuj-pWS88Af-9jpM/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL