Logo

उद्योग विभागमा आयो मनाङमा बन्ने एउटै आयोजनाका लागि १० अर्ब ४३ करोड लगानीको प्रतिवद्धता

उद्योग विभागमा आयो मनाङमा बन्ने एउटै आयोजनाका लागि १० अर्ब ४३ करोड लगानीको प्रतिवद्धता



काठमाडौं । उद्योग विभागमा आयो मनाङमा बन्ने एउटै आयोजनाका लागि १० अर्ब ४३ करोड लगानीको प्रतिवद्धता आएको छ । मनाङ जिल्लाको नासोङ गाउँपालिकामा ६५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको हो ।

उद्योग विभागका अनुसार असोज १७ गतेमात्रै सिता हाईड्रोपावर कम्पनी प्रालिले उक्त जलविद्युत आयोजना निर्माण गर्ने प्रतिवद्धता गरेको हो । विभागका अनुसार ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कुल ६२ जनाले रोजगार पाउने छन् ।

उक्त आयोजनाका लागि भन्दै कम्पनीले १० अर्ब ४३ करोड ६० लाख रुपैयाँ लगानीको प्रतिवद्धता जाहेर गरेको हो । मनाङ जिल्लाको नासोङ गाउँपालीकामा निर्माण हुने उक्त आयोजना शतप्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको हो ।

विभागका अनुसार चालु आवको पछिल्लो २ महिनामा २० अर्ब बढिको लगानी प्रतिवद्धता उर्जा क्षेत्रमा मात्रै आएको छ । यस्तै नेपालमा प्रतिवद्धता आउने स्वदेशी लगानीमा सबैभन्दा बढि हिस्सा पनि उर्जा क्षेत्रकै हुने गर्दछ ।

सिता जलविद्युत कम्पनी प्रालिले पनि मनाङमा जलविद्युत आयोजना निर्माण गर्नेगरी लगानी प्रतिवद्धता गरेको हो । कम्पनीको प्रतिवद्धता उद्योग विभागले स्वीकृत गरिसकेको छ । कम्पनीले मनाङको नासोङ गाउँपालिकाको दुधखोलामा जलविद्युत आयोजना निर्माण गर्नका लागि भन्दै लगानी बोर्डले गत बर्ष कार्तिक २५ गते स्वीकृत गरेको थियो ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङकन अध्ययन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्विकृत गरिसकेको छ । विद्युत विकास विभागले २०७४ जेठमा आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको थियो ।

आयोजना निर्माण गर्न ८ दशमलव ७९२ हेक्टर सरकारी वन र ७ दशमलव ७५ हेक्टर निजी वन अधिग्रहण गर्नुपर्ने कम्पनीले मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL