Logo

गण्डकी प्रदेश चेम्बर अफ कमर्समा नयाँ कार्यसमिति, अध्यक्षमा किसान सुनार

गण्डकी प्रदेश चेम्बर अफ कमर्समा नयाँ कार्यसमिति, अध्यक्षमा किसान सुनार



काठमाडौं । गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारणसभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लको बिशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

laxmi

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालको पर्यटन हव रहेको गण्डकी प्रदेशका सबै जिल्लाहरुमा आकर्षक भौगोलिक वनावट रहेकाले गाउँगाउँमा होमस्टेको उचित प्रवन्ध गरी पर्यटन ब्यावसायलाई सबल बनाउनु पर्ने आवश्यकता रहेको बताए । साथै यसलाई प्रवर्धन गर्न अन्तरराष्ट्रिय विमानस्थल द्रुत गतिमा निर्माण सम्पन्न गर्नु पर्ने उनको भनाई थियो । ‘पर्यटन प्रवर्धनमा हाम्रा विध्यमान परम्परा, संस्कृती र रीतिरिवाजमा पर्यटक रमाउने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको , पोखरामा यसको सुन्दरता कायम राख्न विद्युतिय सवारी साधनमा जोड दिई प्रदुषण कम गर्ने र एग्रो टुरिजम समेतलाई जोड दिनु पर्नेछ,’ मल्लले भने, ‘प्रदेश सरकारले मुस्ताङको कोरला नाकाको समुचित उपयोग गरी मित्रराष्ट्र चिनसँग ब्यापार अभिवृद्धि गर्नु पर्छ ।’

जलश्रोत भण्डार रहेको गण्डकी प्रदेशमा जलविद्युतमा बाह्य लगानी भित्र्याई विद्युत निर्यात गर्ने सरकारको योजनामा यस प्रदेशबाट थप टेवा मिल्ने बताए । महिला उद्यमी लगायत समग्र कृषकबाट उत्पादित समानको उचित बजार ब्यवस्थापन हुन नसक्दा कृषि पेशा फस्टाउन नसकेको, उत्पादित बस्तुको ढुवानी लागत लाई कम गरी सुपथ मुल्यमा कृषि उत्पादन बजारमा लैजाने ब्यवस्थामा सरलिकरण गर्न कृषि एम्बुलेन्सको ब्यवस्था गरिनु पर्ने, विदेशमा सीप सिकेर फर्केकाहरुबाट ब्यावसायीक कृषि तथा औद्योगिक कार्यमा उपयोग गरिनु पर्ने, कृषिलाई निर्यातमुखि बनाउनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश उर्जा जलश्रोत खानेपानी मन्त्री हरिशरण आचार्य, कानुन, संचार मन्त्री विन्दु कुमार थापा, भुमि ब्यवस्था,कृषि,सहकारी मन्त्री चन्द्रबहादुर बुढा, भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात ब्यवस्था मन्त्री कुमार खड्का, वन वातावरण तथा भु संरक्षण मन्त्री दीपक थापा, शिक्षा संस्कृती, विज्ञान प्रविधि मन्त्री मेखलाल श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले विशेष अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । त्यसैगरी प्रदेश सरकारका सचिवहरु, स्थानीय सरकारका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु, स्थानिय संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समेतको उपस्थिती रहेको थियो ।

यहि आषाढ २६ गते सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट चयन कार्य समितिको सपथग्रहण पश्चात पदस्थापन भएको थियो । जसअनुसार गण्डकी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा किसान सुनार, उपाध्यक्षमा श्रीबहादुर गुरुङ, महासचिवमा अधिवक्ता देवराज शर्मा, सचिवमा श्री विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल तथा सदस्यहरुमा विजय हिराचन, भरत बहादुर रकाल ठकुरी, महेन्द्र मोहन भट्टराई, टिका गुरुङ, गंगा प्रसाद श्रेष्ठ, ज्ञानुमाया अधिकारी, तारानाथ ढुंगाना, प्रकाश न्यौपाने, एकता गुरुङ, युवराज खतिवडा, अरुण गिरी, गिता तिवारी रहेका छन् । त्यसै गरी कार्यसमितिले डा. टेक नारायण पौडेल तथा रवि बहादुर बि.के.लाई सदस्य पदमा मनोनित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL