Logo

पाँच लाख गरिब परिवारले पाउँलान सरकारबाट १० हजार दशैं खर्च ? मन्त्रिपरिषदमै अड्कियो निर्णय

पाँच लाख गरिब परिवारले पाउँलान सरकारबाट १० हजार दशैं खर्च ? मन्त्रिपरिषदमै अड्कियो निर्णय



काठमाडौं । सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत अतिविपन्न ५ लाख नागरिकलाई दशैं खर्चस्वरुप १० हजार रुपैयाँ बाँड्ने योजना बनाएको थियो । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रतिस्थापन विधेयकको बुँदा नं. २० मै कोरोनाका कारण रोजगारी र आयआर्जन गुमाएका ५ लाख गरिब परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिने उल्लेख गरेका छन् ।

laxmi

भदौ २५ गते गरिएको बजेट भाषणमा अर्थमन्त्रीले यो कार्यक्रमलाई प्राथमिकतामा राखेका थिए । त्यसको केही दिनमै अर्थमन्त्रालयले यसको कार्यविधि बनाई मन्त्रिपरिषदबाटै निर्णय गर्नेगरी मन्त्रिपरिषदमा पठाएको थियो ।

अर्थमन्त्री शर्माले विभिन्न कार्यक्रममा पनि गरिब परिवारलाई दशैं अघि नै उक्त रकम वितरण गर्नेगरी काम भईरहेको बताउँदै आएपनि सोबारे मन्त्रिपरिषदले निर्णय गर्न नसक्दा उनको योजना सफल नहुने अवस्था आएको छ ।

दशैं अघि नै बाँड्ने गरी कार्यविधि बनाइएको र सोहीअनुसार असोजको दोस्रो साता नै मन्त्रालयले कार्यविधि मन्त्रिपरिषदमा पठाएको थियो । त्यसको १ महिना वितिसक्दा पनि मन्त्रिपरिषदले भने उक्त कार्यविधि उपर निर्णय नगरिसकेको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । उनका अनुसार अर्थमन्त्रालयबाट कार्यविधि मन्त्रपरिषदमा गईसकेको छ तर, हालसम्म मन्त्रालयमा कुनै निर्णय नआएको उनले बताए ।

तर, सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र हादुर कार्की भने कार्यविधिमा केही बूँदाहरु अमिल्दा भएकाले त्यसलाई सच्याएर मात्रै निर्णय हुने बताउँछन् । अर्थमन्त्रालयले बनाएको कार्यविधिमा गरिब र विपन्न नतोकिएको अवस्थामा केही क्षेत्र तोकेर रकम वितरण गर्ने व्यवस्था गरिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यस्तै यस्ता नागरिकहरुको पहिचान सम्बन्धित स्थानीय तहले गरेर सीधै नगद हस्तान्तरण गर्ने प्रस्ताव पनि कार्यविधिमा गरिएको छ । सोही प्रस्तावमा केही तलमाथि गर्नुपर्ने भएकाले हालसम्म निर्णय नभएको मन्त्रिपरिषद निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिलेको प्रस्तावले लक्षितसम्म उक्त रकम पुग्नेमा समस्या र शंका देखिएकाले संशोधन गरेर मात्रै रकम वितरण शुरु गर्ने योजना छ ।

प्रतिस्थापन विधेयकमार्फत ल्याइएको उक्त व्यवस्था अनुसार ५ लाख गरिब परिवारलाई १० हजार रुपैयाँका दरले पैसा बाँड्दा ५ अर्ब बजेट आवश्यक पर्दछ । दशैं आउनुभन्दा अघि नै गरिव परिवारलाई बाँड्ने योजना बनाएको अर्थमन्त्रालयको योजना अहिलेलाई भने पर धकेलिएको छ । बिहीबारबाट घटस्थापना शुरु हुने भएकाले र मंगलबार बसेको मन्त्रिपरिषदले पनि ठास निर्णय नलिएसँगै यो व्यवस्था कार्यान्वयनमा थ िढिलाई हुनसक्ने देखिएको छ ।
घटस्थापनाको दिन सरकारी कार्यालय बन्द हुने त्यसपछि फूलपातीसम्म सरकारले निर्णय नगरे कार्यान्वयन ढिला हुन गई रकम निकासी दशैं पछि नै हुने अर्थमन्त्रालय स्रोत बताउँछ । सरकालेले चाँडै निर्णय गरेर रकम निकासा गरी हालसम्म बाँड्न शुरु भएको भए अर्थमन्त्रालयको योजना सफल हुने थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL