Logo

श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा चिप्लियो, उडान भने सुचारु

श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा चिप्लियो, उडान भने सुचारु



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । मंगलबार बिहान काठमाडौंबाट नेपालगन्ज जानका लागि पार्किङमा यात्रु राखेर रनवेमा जाने क्रममा श्रीको ९ एन एएनएफ जहाज चिप्लिएको हो ।

laxmi

रनवेमा चिप्लिएको जहाज धावनमार्गबाट घाँसतिर गएको छ । जहाज धावन मार्गमा नभएको कारण बिमानस्थलमा उडान भने सुचारु अवस्थामा रहेको छ ।

सो बिमान पार्किङबाट रनवेमा जाने क्रममा चिप्लिएको विमानस्थल कार्यालयले जनाएको छ । चिप्लिएर घासे मैदानमा गएको जहाजबाट सबै यात्रुलाई निकालिसकिएको छ ।

यसअघि गत सोमबार काठमाडौंबाट नेपालगन्ज गएको बुद्धको जहाज ल्याणिङ गिएरमा समस्या भएर ल्याण्ड गर्न नसकेपछि काठमाडौं र्फकाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL