Logo

डलरको दुरुपयोग भएसँगै अध्यागमनले पनि गर्यो कडाई, भिजिटमा जाँदा आयस्रोत खुल्ने प्रमाण अनिवार्य

डलरको दुरुपयोग भएसँगै अध्यागमनले पनि गर्यो कडाई, भिजिटमा जाँदा आयस्रोत खुल्ने प्रमाण अनिवार्य



काठमाडौं । पछिल्लो समय डलरको दुरुपयोग भएको निष्कर्ष सहित खाडी मुलुकमा भिजिट भिसामा जाने नेपालीहरुले बोक्ने अमेरिकी डलरको सीमा घटाईएको छ । गृह मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाईल्याण्डमा भिजिट भिसामा जाने नेपालीहरुले बोक्ने अमेरिकी डलरको सीमा घटाएको हो ।

laxmi

पछिल्लो समय भिसा र राहदानी देखाएर विदेश जाने भन्दै प्रतिव्यक्ति १५ सय अमेरिकी डलर सहटी गरेर उक्त रकम दुरुपयोग गरेको निष्कर्ष राष्ट्र बैंक र अध्यागमन विभागले निकालेको छ । त्यसरी त्यसरी डलर सहटी गर्ने व्यक्ति सम्बन्धित देशमा गए नभएको चेक गर्ने संयन्त्र नभएको र उक्त रकम नेपालभित्रै गैर कानूनी क्रियाकलापमा प्रयोग भएको हुन सक्ने आंकलन सहित अहिले त्यसरी भिजिट भिसामा जाने व्यक्तिले पाउने डलर सटही सुविधा नै घटाईएको हो ।

अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार अबका दिनमा खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाईल्याण्डमा भिजिट भिसामा जाने नेपालीहरुले २५० अमेरिकी डलर साथमा लिएर गए पुग्ने छ भने अन्य मुलुकमा भिजिट भिसामा जानेले न्यूनतम ५ सय डलर सो गरे पुग्ने छ ।

साथै त्यसरी भिजिटमा जाने व्यक्तिले ‘क’ बर्गको वाणिज्य बैंकबाट मात्रै डलर सटही सुविधा पाउने छन् भने डलर सटही गर्दा सम्बन्धित व्यक्ति आफै उपस्थित भएर अनिवार्य रुपमा आयस्रोत खुल्ने प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । ‘पछिल्लो समय भिजिट भिसाको नाममा खाडी मुलुकमा कामदार जाने क्रम बढेको पाईएको छ,’ प्रवक्ता ढकालले भने, ‘डलरको दुरुपयोग र कामदारहरु भिजिट भिसामा जाने क्रम रोक्न यस व्यवस्था गरेका हौं ।’

यसैगरी यस अघि नेपाल राष्ट्र बैंकले पनि भिजिट भिसामा जाँदा २ सयभन्दा बढि नगद सटही नपाउने व्यवस्था गरिसकेको छ । पछिल्लो समय डलरको दुरुपयोग बढेसँगै नगदलाई निरुत्साहति गर्ने नीति अनुरुप विदेश जाँदा नगदमा डलर सटही सुविधा घटाईएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL