Logo

काठमाडौंका विद्यालय आइतबारदेखि खुल्ने, सबै निकायको समझदारी अनिवार्य

काठमाडौंका विद्यालय आइतबारदेखि खुल्ने, सबै निकायको समझदारी अनिवार्य



काठमाडौं । काठमाडौं महानगरपालिकामा संचालित विद्यालयहरु आइतबारदेखि खोल्न पाईने भएको छ । काठमाडौं महानगरपालिकाको बुधबार बसेको बैठकले आगामी आइतबारदेखि विद्यालयहरु खोल्न पाईने निर्णय गरेको हो ।

कामनपाले २७ ओटा मापदण्डहरु तोकेर विद्यालय खोल्न पाईने निर्णय गरेको हो । जसमा विद्यालय प्रशासनले शिक्षक,अभिभावक, विद्यार्थी प्रतिनिधी, व्यवस्थापन समिति लगायत सरोकारवालाहरूसँग छलफल गरेरमात्रै खोल्नुपर्ने छ ।

यदि अभिभावकले विद्यार्थीहरू नपठाउने भनेमा अनिवार्य नगरिनेसमेत निर्णय गरिएको छ । सबैको समझदारी नभएको खण्डमा विद्यार्थी विद्यालय नआएपनि केहि फरक नपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL